Breaking News

विप्लव नेतृत्वकाे नेकपाद्वारा एनसेलका २ दर्जन टावरमा अाक्रमण

काठमाडौँ, १ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले देशभर एनसेलका दुर्इदर्जन जति टावरहरुमा  गएराती अाक्रमण गरेका छन ।

काठमाडाैैकाे जाेरपाटी, दक्षिणकाली र जर्सिङपाैवामा रहेका एनसेलका टावरमाथि गएराती नेकपाका कार्यकर्ताहरुले अाक्रमण भएकाे छ ।  भक्तपुर, इटहरीकाे खनार , धनकुटाको थुम्कीडाडा सोलुखुम्बुको लिङ्ला पत्ताले डाँडा, कञ्चनपुरकाे बेदकाेट र शुक्लाफाँटा टावर, डडेल्धुराकाे काफलीमा रहेको क्षेत्रीय टावर, कैलालीकाे टिकापुर र जानकिनगर टावरमा पनि आक्रमण भएको छ ।

डडेल्धुराकाे काफली टावरकाे आक्रमणका कारण सुदूरपश्चिममा एनसेल सेवा अवरुद्ध भएको छ । यस्तै मध्यपश्चिमाञ्चलको सुर्खेतका ३ वटा टावर र जाजरकोटका २ वटा टावरमा आक्रमण भएको छ । रोल्पाको माडी गाउँपालिका ६ को मेनै डाँडामा रहेकाे टावरमाथि पनि अाक्रमण भएकाे छ ।

गतबर्ष पनि विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरुले एनसेलका चार दर्जन बढी टावरमा अाक्रमण गरी नोक्सान पुर्याएका थिए ।

shares