विना अक्सिजन १० पटक सगरमाथा आरोहण गर्ने आङरिताकाे स्वास्थ्य नाजुक

काठमाण्डौ,२९चैत्र । विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी नेपालको शिर विश्वसामु उचो पार्ने पर्वतारोही आङरिता शेर्पाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।

हिमचितुवा उपनामले चर्चित शेर्पा सिकिस्त बिरामी भएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा आइतबार भर्ना गरिएको छ । विनाअक्सिजन सगरमाथा आरोहण गर्न सफल ७० वर्षे शेर्पा थलिए पनि राज्यले अहिलेसम्म कुनै सहयोग नगरेको छोरी डोल्मा ल्हामु शेर्पाले दुःखेसो पोखिन । ‘नेपालको पर्वतारोहण इतिहासमा बुबाको योगदान अतुलनीय रहेकोमा दुईमत छैन ।

उनले भनिन, ‘तर आज उहाँ आईसीयूमा मृत्युसँग संघर्ष गरिरहे पनि राज्यले वास्ता गरेन । १० पटक अक्सिजनविनै सगरमाथा आरोहण गर्ने साहसी शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र सरकारले स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि उनले विश्राम लिएका थिए ।

उनले देखाएको बहादुरीको बाटो पहिल्याएर कीर्तिमान बनाउने आरोहीले समेत शेर्पाको उपचारमा कुनै चासो देखाएका छैन । यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।