August 23, 2017

विधिवत् रुपमा बिष्केट जात्राको समापन

काठमाण्डौ, ५ वैशाख । ऐतिहासिक तथा परम्परागत महत्व बोकेको प्रसिद्ध भक्तपुरको बिष्केट जात्रा मंगलबार सकिएको छ ।

प्यागोडा शैलीमा काठले बनेको तीनतले भैरवनाथको रथलाई तानेर मनाइने बिस्केट जात्रा मंगलबार समापन गरिएको हो । भैरवनाथको मूल देवता र बेताल देवतालाई राखिएको रथ भक्तपुरको गःहिटीमा स्थानीय माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले तान्ने गर्दछन् ।

रथ तान्ने क्रममा अगाडिको पाङ्गा अड्याउने टेको भाचिएपछि गःहिटीमै रथ तान्ने क्रम रोकिएको थियो । गत चैत २८ गते टौमढीबाट भैरब र भद्रकालीको रथ तानेरै सुरु भएको बिस्केट जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।

जात्राको अन्तिम दिन आज बिहान स्थानीय कुुमाले टोलमा हात नभएको लिङ्गो ढाल्ने जात्रा पनि सम्पन्न गरिन्छ ।