August 19, 2017

विगत ११ वर्षमा के भयोः  पूर्वराजा

काठमाण्डौ,१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष अवसरमा शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाएका छन ।

उनले दिएको शुभकामना सन्देशमा भनिएको छ । अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानु समयको माग हो । विगत एघार वर्ष के कसरी वबते ? यो अवधिमा के के भए ? यस अवधिमा तमाम नेपाली दिदी बहिनी दाजू भाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सुधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आंच नपुगोस त्यो यतिखेर सोचनीय विषय हो ।

‘२०६३ सालमा जन चाहनालाई विचार गरि राजनीतिक दलका नेताहरुसंग बनेको सहमति अनुसार संसद पूनर्स्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मूलूकमा शान्ति, स्थायित्वको द्वार खूल्ने अपेक्षा हामी सबैले राखेका थियौं ।

संसद पूनर्स्थापना पछि पूर्वसहमति प्रतिकुल निर्णय हूँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दूमा राखी मौनतापुर्वकसाथ दिएका हौं । यो खबर आजको नेपाल समाचारपत्रमा खबर छ