June 27, 2017

विकसित र विकासशील देशका फरक फरक रोगहरु

विकसित र विकासशील देशका फरक फरक रोगहरु

काठमाडौं, १८ फाल्गुन । तिमी स्वस्थ रहन सक्छौ ? यो प्रश्नले विकसित राष्ट्रका मानिस किन कम बिरामी हुन्छन् भनेर वर्णन गर्न खोजेको छ । यो स्वास्थ्य विज्ञले गरेको प्रश्न हो । विकसित र विकासशील राष्ट्र स्वास्थ्यको मामलामा पनि फरक छन् ।

विकसित र विकासशील राष्ट्रका बीच फरक के छ भने, रोग लाग्ने आधारमा छुट्याउन सहज हुन्छ । विकासशील राष्ट्रका मानिसहरु धेरै सामान्य खालका रोगबाट मर्छन् भने विकसित राष्ट्रका मानिहरु ठूला ठूला रोगबाट मर्ने गर्दछन् ।

यसलाई मानिसको खानपान, रहनसहन आदिले फरक पार्ने गर्दछ । विकसित देशका मानिसहरु मुटु, हृदयघातजस्ता ठूलाठूला रोगका बिरामीहरु हुन्छन् । त्यसैगरी विकासशील राष्ट्रका मानिसहरु अशिक्षा र चेतनाको कमीले गर्दा झाडापखाला, ज्वरोजस्ता अति सामान्य रोगका बिरामीहरु हुन्छन् ।

यस्ता रोगबाट बच्न आफैं सजग रहनु पर्ने विज्ञहरु बताउँछन् । विकसित देशका मानिसहरुले खानपानमा नियन्त्रण र परिश्रममूलक काम गर्नुपर्ने विज्ञहरुले बताएका छन् । त्यसैगरी विकासशील देशको मानिहरुले रोगबाट बच्न चेतना र शिक्षामा जोड दिनु पर्ने बताएका छन् ।