June 26, 2017

नेपाल वायुसेवा निगमले पुराना बोइङग लिलाम गर्दै

२४ माघ, काठमाण्डौ । नेपाल वायुसेवा निगमले ३० बर्ष भन्दा बढी सेवामा रहेका दुईवटा बोइङलाई लिलाम गर्ने निर्णय गरेको छ ।
निगमसँग रहेका बोइङ ७५७ लाई एक हप्ताभित्रै लिलामी प्रक्रियामा लैजान लागेको नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताएका छन् ।
वायुसेवा निगमले वाइडबडीबाट मात्रै सेवा दिने तयारी गरे पछि यि दुई जहाज हटाउन लगेको हो ।
लिलाम हुने बोइङ चालु अवस्थामा रहेको उनले कँशाकारले बताए ।