October 18, 2017

वाईफाई फ्रि क्याफेलाई चुनौती दिन वाईफाई मुक्त क्याफे

काठमाण्डौ, १६ फाल्गुन । यस्तो क्याफे जहाँ तपाई बिल्कुल फरक महसुस गर्न सक्नुहुन्छ ।

त्यहाँ मान्छेहरु मोबाइल, ल्यापटप र ट्याब्लेटमा ब्यस्त हुँदैनन । मान्छेहरु ब्यस्त हुन्छन त आफ्ना छोराछोरीसँग । आफ्ना छोराछोरीसंग खान्छन्, खेल्छन् र रमाउँछन् । बरु मौका मिल्यो भने अरु मान्छेसँग कुराकानी गर्न भ्याउँछन् ।

बेलायत र अमेरिकामा रहेका त्यस्ता क्याफेहरुका भित्तामा वाईफाईमुक्त क्षेत्र भनेर साइनबोर्ड टास्न थालिएको छ ।

यो कुरा हो अहिले खुलेका नयाँ अमेरिकी क्याफे, रेष्टुरेन्ट आदिको । जहाँ मान्छे रमाउन जान्छन् न कि फ्रि वाईफाईको मज्जा लुट्दै घण्टौसम्म मोवाइल र ल्यापटमा घोत्लिन । पुराना धारका फ्रि वाईफाईको शैलीमा खुलेका क्याफे, रेष्टुरेन्ट आदिलाई चूनौति दिन यस्ता क्याफे खुलेका हुन् ।

मान्छेबीच कुराकानी बढाउन र एकआपसमा घुलमिल बढाउन यो प्रक्रृया अपनाइएको हो । आजका मान्छेहरु एकआपसमा कुराकानी गर्नभन्दा यान्त्रिकीकरण भएको भन्दै यस्तो बानीलाई हटाउनको लागि यो विधि अपनाइएको यस्ता क्याफे र रेष्टुरेन्टका सञ्चालकहरु बताउँछन् ।

अहिले अमेरिका र बेलायतका साथै विश्वभरि नै यस्ता क्याफे र रेष्टुरेन्टको सुरुवात हुन थालेको छ । यसले बिस्तारै सकारात्मक सन्देश दिने कुरामा नै विश्वस्त हुन थालिएको छ । बीबीसी