August 17, 2017

‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३’ पारित

काठमाण्डौ, ८ चैत्र । व्यवस्थापिका संसदले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

संसदको मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए ।

सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा विधेयक ल्याइएको बताए ।

अर्थमन्त्री महराले यो विधेयकले आर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियन्त्रण गर्ने अवस्थाको समेत अन्त्य हुने उल्लेख गरे ।