September 25, 2017

वर्षातले बिग्रेका गुल्मीका सड्क मर्मत भएनन्

शिवलाल सुवेदी /गुल्मी २८ भदौ । वर्षायाम सँगै अबरुद्ध बनेका गुल्मीका अधिकांश ग्रामीण भेगका कच्ची सड्कहरु दशै नजिकिदै गर्दा पनि मर्मत भएका छैनन ।
एकातिर दशै नजिकिदै र अर्कोतिर वर्षात रोकिए पनि सड्कहरु मर्मत नहुँदा यात्रु तथा सवारी साधनहरु जोखिमपूर्ण यात्र गर्न बाध्य भएका छन् ।
जिल्लाको सदरमुकाम तम्घासबाट बिभिन्न ग्रामीण स्थान पुग्ने कच्ची सड्कहरु वर्षात रोकिए पनि अझै मर्मत नभएपछि यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन ।

सड्क मर्मत नहँदा सदरमुकामबाट जिल्लाका अधिकांश ग्रामीण भेगमा पुग्ने सड्कहरु नियमित रुपमा सुचारु समेत भएका छैनन् ।
सवारी साधन पुग्ने केहि स्थानहरुमा जोखिमपूर्ण अबस्थामा पुग्ने गरेकाले केहि स्थानमा भाडामा पनि वढी मुल्य तिर्नुपर्ने अवस्था रहेको यात्रुहरुले गुनासो गरेका छन ।

वर्षात रोकिनुका साथै चाडपर्वहरु नजिकिए पनि ग्रामीण भेगका सड्कहरु मर्मत गर्ने कुनै पहल देखिएको छैन् । जिल्लाका ग्रामीण भेगका मुख्य बजार हस्तिचौरको हर्पुकोट, ठाढुङ्गा, इस्मामैदान, अर्जै, घमिर, सिमलटारी, पुर्कोटदह, धुर्कोट, पिपलधारा, हाडहाडे, मुसिकोट मैदान, पौंदीअमराई, नेटा, दलिङ्ग लगायतका स्थानमा पुग्ने सडकहरुमा गएको जेठ अन्तिम साता सगै बससेवा बन्द भएका छन् ।

त्यस स्थानका सड्कहरुमा अहिले छिटफुट रुपमा जिपहरु पुग्ने गरेका भएपनि नियमित हुन सकेका छैनन । सवारी साधनहरुमा मानिहरुको आवत जावतमा चाप वढेसँगै ग्रामीण भेगका सड्कहरु मर्मत गरिदिन यात्रु र सवारी चालहरुले आग्रह गरेका छन् ।