June 24, 2017

वर्तमान सरकार चुनाव गराउनै चाहन्न : एमाले अध्यक्ष

 

५ माघ, काठमाडौं ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले चुनाव गराउनै नचाहेको दाबी गरेका छन ।

धनकुटामा आज भएको कार्यक्रममा अध्यक्ष ओलीले सरकार चुनावको विषयमा आलटाल गरी सत्ता लम्ब्याउने धुनमा रहेको बताएका छन । कसैको इच्छा र चाहनामा प्रदेश टुक्रयाउन खोजे चुप लागेर नबस्ने उनले चेतावनी दिएका छन ।

झापामा भएको अर्को कार्यक्रममा अध्यक्ष ओलीले चीन र भारतसंग समान सम्बन्ध कायम गर्न सकेमात्र नेपालको आर्थिक विकास सम्भव हुने बताएका छन । केही राजनीतिक दलले छिमेकीसँगको सम्बन्ध बिगार्न खोजेको अध्यक्ष ओलीको आरोप छ ।

अध्यक्ष ओलीले नेपालमा राजनीतिक मात्र नभई सामाजिक तथा आर्थिक संक्रमणकाल चलिरहेको पनि बताएका छन।