September 23, 2017

वरिष्ठ कलाकार रामशेखर नकर्मीको निधन

काठमाण्डौ, १६ फाल्गुन । नेवारी र नेपाली साहित्य विधाका साथै वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको निधन भएको छ ।

उपचारको क्रममा सोमबार बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको निधन भएको हो । नाकको क्यान्सरबाट ग्रस्त उनी फागुन ८ गते आइतबार अस्पतालमा भर्ना भएका थिए ।

नेपाली कला क्षेत्रमा रामशेखर चिरपरिचित कलाकार हुन् । उपत्यकाभित्रको नेवार समुदायमा उनको नाम सबै माझ परिचित रहेको छ । भक्तपुर नगरपालिका वडा नं ६ इनाचोस्थित पुख्र्यौली घर भुकम्पले भत्किएपछि उनी बृद्धाश्रममा थिए ।

प्रहसन, नाटक, कथासंग्रह, उपन्यास लेखिरहने उनको कलम जीवनको अन्तिमसमयसम्म पनि चल्दै थियो । राणाविरोधी आन्दोलन भित्रभित्रै चलिरहेको बेला १९९४ माघमा भक्तपुरको इनाचोमा उनको जन्म भएको थियो ।

उनले नेपाल भाषामा भजगोविन्द, जनताजनार्दन लगायत दुई दर्जन जति नाटक लेखेका छन् ।