August 16, 2017

वरिष्ठता नपाएपछि गृहमन्त्री राजिनामा दिने मनस्थितिमा

काठमाण्डौ,२५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन ।

बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषदमा बस्न नहुने निजी फैसला सुनाएका थिए । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।