October 24, 2017

ल्वाङका विभिन्न फाईदाहरु

काठमाण्डौ, २४ चैत्र । ल्वाङ सदिऔं अघिदेखि आयुर्वेदिक औषधीको रुपमा प्रयोग हुँदै आइरहेको छ । यसको प्रयोगद्वारा गम्भिर खालका बिरामीलाई पनि निदान गर्न सकिन्छ ।

ल्वाङ एक प्रकारको मसला पनि हो । यसको प्रयोग विशेषगरी पकाइएको वस्तुमा गरिन्छ । यदि प्रतिदिन यसको प्रयाग गरियो भने धेरै प्रकारका रोगमा लाभ दिन्छ । आज हामी तपाईहरुलाई ल्वाङका फाईदाहरु बारे बताउन जाँदैं छौं ।

– यसलाई मुखमा राख्दा मात्र पनि घोकी शान्त हुने गर्दछ । जबसम्म मुखमा राखिन्छ तबसम्म खोकी पनि बन्द हुने गर्दछ ।

– यदि कसैको श्वास गन्हाउँछ भने पनि त्यस्तो अवस्थामा ल्वाङ वरदान साबित हुन सक्छ ।

– यदि रुघा लागेर नाक बन्द भएको छ भने ल्वाङलाई साना–साना टुक्रा पार्ने अनि कपडामा राख्ने सुघ्ने । यसो गर्दा नाक पूर्णरुपमा खुल्छ ।

– ल्वाङलाई पिसेर सय ग्राम पानीमा मिस्ने र त्यसमा मिस्री मिसेर पिउनाले हृदयमा भएको जलन शान्त हुन्छ । साथै पेट पोल्ने समस्या पनि बन्द हुन्छ ।

– वात विकारसँग जोडिएको समस्या पनि खत्तम हुन्छ । यसका साथै हड्डीको जोर्नीमा भएको दुखाईलाई पनि आराम दिन्छ ।

– ल्वाङलाई पिनेर पानीमा मिसाएर सेवन गर्दा जिउ दुखेको पनि बन्द हुन्छ । यति मात्र नभएर धेरै तिर्खा लाग्न पनि बन्द हुन्छ ।