‘लोगन’ ले एक हप्तामा दुनियाँ भरिबाट १५ सय करोड कमायो

काठमाण्डौ, २५ फाल्गुन । हलिउड फिल्म लोगनले एक हप्तामा दुनियाँभरबाट १५ सय करोडभन्दा बढि कमाएको छ ।

उक्त चलचित्रमा अभिनेता ह्यू ज्याकम्यानले अभिनय गरेका छन् । भारतबाट यो फिल्मले पहिलो हप्तामा १७.१० करोड कमाएको छ ।

तर यो फिल्मले अमेरिकाबाट ५६६.८६ करोड कमाएको छ । यो फिल्म पहिलो हप्तामा सबैभन्दा बढि कमाउने फिल्म आर रेटेड सूचिको ५ नम्बरमा परेको छ ।

ह्यू ज्याकम्यानको यो चलचित्र ‘एक्स म्यान’ सिरिजको अन्तिम चलचित्र हो ।