October 20, 2017

लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन नपर्ने

२६ माघ, काठमाण्डौ । संसद्को महाभियोग सिफारिस समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बत प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउन नपर्ने निष्कर्ष निकालेको छ ।

कार्कीलाई महाअभियोग लगाउन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न गठित उपसमितिले समितिलाई आज बुझाएको प्रतिवेदनमा पदमुक्त भइसकेका व्यक्तिलाई महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालिएको हो ।

उप–समिति संयोजक रामनारायण बिडारीले पदमा भएको व्यक्तिलाई मात्र महाअभियोग लाग्ने भएकाले पदमुक्त भएको व्यक्तिलाई नलाग्ने व्यहोराको प्रतिवेदन बुझाएको जानकारी दिए । कार्की बहाल रहेको बेला दिएको आदेश, लिएका निर्णय र गरेका पत्राचारलाई आधार बनाउँदा उनीमाथि लगाइएको महाअभियोग पुष्टि भए पनि पदमुक्त भइसकेकाले अब अघि बढनु नपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।