October 24, 2017

‘लिपिस्टिक अन्डर माई बुर्का’ मा के समस्या छ ?

काठमाण्डौ, ९ चैत्र । ‘मृत्युदण्ड’, ‘दामुल’ र ‘राजनीति’ जस्ता महिलाले सशक्त भूमिका निर्वाह गरिसकेका चलचित्रका निर्माता, निर्देशक हुन् , प्रकाश झा ।

उनै निर्माता, निर्देशक झाले भारतमा महिलाहरु आफ्ना श्रीमानको अगाडि यौन इच्छा प्रकट गर्न नसक्ने बताएका छन् ।

अहिले उनकै प्रोडक्सन हाउसले बनाएको फिल्म, ‘लिपिस्टिक अन्डर माई बुर्का’ लाई केन्द्रीय फिल्म प्रमाण बोर्डले सर्टिफिकेट दिन इन्कार गरिरहेको छ ।

उक्त फिल्मलाई सर्टिफिकेट नै दिन नमिल्ने किन ? खाश के छ त्यो फिल्ममा ?

फिल्म प्रमाण बोर्डले भनेको छ, ‘यो फिल्म महिला प्रधान छ र यसमा बढि मात्रामा महिलाका कामुकतालाई देखाउन खोजिएको छ ।’

बीबीसीसँगको विशेष वार्तामा झाले भने, ‘यो फिल्मले पुरुष प्रधान समाजलाई व्यङ्ग्य गरेको छैन । यसमा केवल महिलाको नजरबाट कहानी भन्न खोजिएको हो ।’

उनका अनुसार, समाज पुरुष प्रधान छ र उनीहरु महिलाको नजरबाट उनीहरुको भनाइ सुन्न चाहँदैनन् ।

फिल्म उद्योगमा तीन सफल दशक बिताएका प्रकाश झा के मान्छन् भने सरकारबाट पनि फिल्म उद्योग उपेक्षित छ ।