October 19, 2017

लाहौरको जनसंख्या मापन टोलीलाई लक्षित गरी आत्मघाती बम हमला

काठमाण्डौ, २३ चैत्र । पाकिस्तानको शहर लाहौरमा आत्मघाती बम आक्रमणमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

मर्नेमा ४ जना सैनिकहरु र २ जना अरु व्यक्तिहरु रहेका छन् । झण्डै २० वर्षपछि हुन लागेको जनसंख्या गणना गर्ने अधिकारीहरु माथि हमला भएको सरकारी कार्यालयले बताएको छ ।

मर्नेमध्ये बाँकि २ जनसंख्या गणना गर्ने सदस्यहरु वा अरु मानिस हो भन्ने कुरा अझै खुल्न सकेको छैन । यद्दपि यो हमलाको जिम्मेवारी तालीवानले लिएको छ ।

यसअघि गत फेब्रुअरी महिनामा पनि तालीवानीले लाहोरमा घटाएको आत्मघाती हमलामा १३ जनाको मृत्यु र ८० भन्दा बढि घाइते भएका थिए ।