लामा र पराजुलीकाे नाम फिर्ता लिने सरकारकाे तयारी

काठमाण्डौ १६ फाल्गुन । सरकारले युएई र ओमानका लागि राजदूत सिफारिस गरेका दुई जनाको नाम फिर्ता लिने तयारी गरेको छ ।

मन्त्रीपरिषदले युएईका लागि आशाकुमारी लामा र ओमानका लागि शर्मिला पराजुलीको नाम  राजदुतमा सिफारिस गरेको थियो ।

यी दुबै जनाको नाममा नेपाली कांग्रेस पार्टी भित्र विरोध भए पछि सिफारिस फिर्ता लिने प्रक्रिया अघि बढाइएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले कांग्रेसको कोटाबाट युएईका लागि सिफारिस भएकी आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि सिफारिस भएकी शर्मिला पराजुली ढकालको नाम फिर्ता लिने परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

लामा र ढकालको नाममा विवाद आएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री महत र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारबीच नाम फिर्ता लिने सहमति भएको पाठकले बताए ।