October 24, 2017

लागूऔषध गाँजा सहितको ईन्ण्डियन ट्रक र चालक पक्राउ

काठमाण्डौ, ३ चैत्र । ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुर बाट खटिएको टोलीले लागूऔषध गाँजा सहितको ईन्ण्डियन ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले मनहरी वडा नम्बर ३ स्थित प्रहरी चेकपोष्टमा चितवनबाट रक्सौल तर्फ जादै गरेको डब्ल्यूबि ११–८५२४ नम्बरको भारतीय ट्रकलाई विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।

उक्त ट्रकका चालक भारत जिल्ला मोतिहारी पुर्वि चम्पारण ७ बस्ने वर्ष ४८ को अशोक कुमार दुवे रहेका छन् ।

उनले ट्रकको बडी भागको भित्रपट्टी फल्स बटम बनाई १६ वटा बोरामा लुकाई छिपाई  ल्याएकाे ३०७ के.जी लागूऔषध गाँजा  र ट्रक  पक्राउ गरी अावश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।