July 26, 2017

लागु पदार्थ गाँजा बोकेको एम्बुलेन्स पक्राउ

अमर काफ्ले
इनरुवा, सुनसरी, १७ फाल्गुन । सुनसरी प्रहरीले बिरामी  बोक्ने  एम्बुलेन्समा ठुलो परिमाणमा लागु पदार्थ गाँजा पक्राउ परेको छ ।

हरिपुर ९ कोशी ब्यारेज क्षेत्रमा प्रहरीको संयुक्त चेकिङकाक्रममा गाँजा तस्करीका लागि प्रयोग गरिएको को १ च ५५०५ नम्वरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो ।

तयारी अवस्थाको २ सय १० केजी गाँजा सहित एम्बुलेन्समा सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत विवरण खुलाउन नचाहेको सुनसरी प्रहरीले बताएको छ । एम्बुलेन्स चालक भने एम्बुलेन्स छोडेर भागेका छन् ।

प्रहरी नियन्त्रणमा रहेको एम्बुलेन्स थाक थकु माबोहाङ चाम्लुङ वंश प्रतिष्ठानका नाममा धनकुटामा दर्ता रहेको खुल्न आएको छ ।

एम्बुलेन्स विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेर संचालन हुँदै आएको बताइएको छ ।