September 23, 2017

लागु पदार्थको कारोबारमा संलग्न सात जना पक्राउ

१ फल्गुण, लालितपुर । लागु पदार्थको कारोबारमा संलग्न सात जनालाई प्रहरीले लतिलपुरका बिभिन्न क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरका विवेक वज्राचार्य, मकवानपुरका, प्रदिप थिङ्ग, मनोज मोक्तान, ईलामकी प्रमिला लामा, मकवानपुरका राम ढकाल, लतिलपुरका विकाश महर्जन र काठमाडौंका एकान्त महर्जन रहेका छन् ।

माघ २८ र २९ गते पक्राउ परेका सात जनाको साथबाट अवैध लागु औषध फेनारागन एम्पुल २०९, नुर्फिन एम्पल १७८, डाईजाल्याप एम्पुल २१५ समेत गरि जम्मा एम्पुल ६०२ र अवैध लागु औषध क्लोजेप ट्याब्लेट्स २२० थान बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्कीले जानकारी दिएका छन् ।

लागु औषध ओसारपोसारमा प्रयोग भएको बा २३ प १४२ नंं. को मोटरसाईलक समेत बरामद गरि अवैध लागु औषध मुद्धामा म्याद लिएर अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी दिए ।