August 19, 2017

लहानमा विद्युत सुरक्षा दिवस मनायो

सिरहा, २५ चैत्र । बिधुतको व्यापक चुहावट र दुरुपयोग भइरहेको समयमा बिधुत नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र लहानले बिधुत सुरक्षा दिवस २०७३ मनाएको छ ।
विधुतको सुरक्षा, देशव्यापी उपयोग र चुहावट नियन्त्रण सम्बन्धि आम उपभोक्ताका लागि सबैमा सचेतना र जागरुकता अभिवृद्धि गर्ने उदेश्यले शुक्रबार लहानमा बिधुत सुरक्षा दिवश मनाएको छ ।
विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग, देशको समृद्धिमा सहयोग भन्ने नाराका साथ विधुत सुरक्षा दिवस मनाएको हो ।
नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानले आयोजना गरेको प्रभातफेरी र्यालि संगै विधुतीय सुरक्षा र चुहावट नियन्त्रण सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाएको हो ।
ईलाका प्रशासन कार्यलय लहानका प्रमुख शोम प्रशाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सुरक्षा निकाय, शैक्षिक संस्था, गैर सरकारी संस्था, संचारकर्मी,उपभोतmा र कर्मचारीहरुको सहभाागीता रहेका थिए ।
प्रमुख अतिथि शोम प्रशाद भट्टराईले विद्युत सर्ट भएर आगलागी हुने, करेन्ट लागेर मृत्यु हुने, मर्मतका समय कर्मचारीको ज्यानै जाने जस्ता जोखिम बढेको र विद्युतीय क्षेत्रमा हुने दुर्घटना न्युनीकरण चुनौतीपूर्ण बनिरहेको भन्दै विद्युतीय सुरक्षाका बारेमा कर्मचारी र उपभोक्ता दुवैलाई चेतनाको आवश्यकता रहेको समयमा यस्तो कार्यक्रमको आयोजनाले विधुत चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने बताएका थिए । लहान विधुत प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधव प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।