लहानमा बम विष्फोट ६ जना घाइते

जागेश्वर यादव / लहान ९ चैत्र । सिराहाकाे लहान बजारस्थित विकास ट्रेडर्स, सुनचाँदी पसलमा भएकाे बम विष्फोट भएकाे छ ।

विष्फोटमा ६ जना घाइते भएका छन्। घाइते मध्ये एक जना बालक छन । पसलमा अपरिचित व्यक्तिले सामान सहितकाे झोला राख्न दिएकाे र उक्त झोलामा रहेकाे सामान केही छिन पछि विष्फोट भएकाे पसलका सञ्चालम  विकास सारडाले बताए।

विष्फोटबाट पसल भित्र धेरै नोक्सान भएकाे छ । घाइतेकाे स्थानिय अस्पतालमा उपचार भइरहेकाे छ ।