October 20, 2017

ललितपुरको एजम्सन चर्चमा आगजनी

काठमाण्डौ ५ बैशाख । ललितपुर धोवीघाटस्थित एजम्सन चर्चमा अज्ञात समुहले आगजनी गरेको छ ।

ललितपुर धोबीघाट ४ मा रहेको एसंम्सन चर्चमा राति करिब ३ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागिबाट करिब ४० लाख बराबरको क्षति भएको छ । आगलागिबाट एउटा टाटा गाडि र दुइवटा मोटरसाइकलमा समेत क्षति पुगेको छ । अागजनी कसले किन गर्यो भन्ने विषयमा  प्रहरीले घटनाबारे अनुसन्धान  थालेकाे बताएको छ ।