लम्की बहुमुखी क्याम्पसका प्रमुख र सहायक प्रमुखको अपहरण

४ फाल्गुन, लम्की कैलाली । कैलालीको लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसका प्रमुख र सहायक प्रमुख अपहरणमा परेका छन । क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्ट बुधबार अपहरणमा परेका हुन ।

उनीहरुलाई विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पस परिसरबाटै कब्जामा लिएर अज्ञात स्थलतर्फ लगेको स्रोतले बतायो ।

कैलाली प्रहरीले घटना बारे जानकारी नभएको बताएको छ ।