October 19, 2017

लन्डनको नाइट क्लबमा तेजाब आक्रमण, १२ गम्भिर घाइते

काठमाण्डौ, ४ वैशाख । पूर्वी लन्डनको एक नाइट क्लबमा आईतबार राति भएको तेजाब हमलामा परी १२ जना गम्भिर घाइते भएका छन् ।

लन्डन फिल्ड्स को सिडवर्थ स्ट्रिटमा रहेको ‘मैंगल ई८’ मा हमला हुनासाथ सयौं मानिसहरुलाई बाहिर निकालिएको पुलिसले जनाएको छ । लन्डनको फायर बिग्रेडले तेजाबजस्तै तेज ज्वलनशील पदार्थ नाइट क्लबभित्र फ्ँयाकिएको बतायो ।

लन्डन फायर बिग्रेडका प्रवक्ताले भने, ‘नाइट क्लबमा अज्ञात ज्वलनशील पदार्थ फ्ँयाकिएको र जाँचबुझ गर्दा शक्तिशाली तेजाबजस्तै पदार्थ भएको पत्ता लाग्यो ।’ उक्त घटना हुँदा क्लबभित्र ६ सयजना मानिसहरु थिए ।

यस हमलामा अहिलेसम्म कसैलाई गिरफ्तार नगरिएको र जाँचबुुझ प्रक्रिया जारी रहेको पुलिसले बताएको छ ।