August 20, 2017

लण्डन हमला खालिद मसुद एक्लैले घटाएका हुन्ः प्रहरी

काठमाण्डौ, १३ चैत्र । बेलायतको वेस्टमिन्स्टर हमला खालिद मसुद एक्लैले घटाएको स्कटल्याण्ड यार्डले बताएको छ । बिना कुनै यो घटना घटाइएको प्रहरीको दाबी छ ।

गत बुधबार पैदलमार्गमा उनले कार घुसाउँदा ३ जनाको मृत्यु र ५० जना घाइते भएका थिए । उनले आफू मर्नुभन्दा अघि एक पुलिसलाई चक्कु रोपेर मारेका थिए । यो सबै घटना ८२ सेकेण्ड भित्रमा भएको थियो ।

पुलिसले भन्यो, ‘यो सम्भव थियो तर उनले किन यस्तो गरे हामीले कहिल्यै बुझ्ने छैनौ ।’ उप–सहायक आयुक्त निल बसु भन्छन्, ‘हामी अझै यो घटाना मसुद एक्लैले घटाएको मान्छौं र यसपछि अरु कुनै घटना घटाउने योजना रहेको कुनै सूचना छैन ।’

गृह सचिव एम्बेर रुड र वैदेशिक सचिव बोरिस जोन्सोनले गुगल र फेसबुकजस्ता सामाजिक सञ्जालजस्ता कम्पनीलाई डाकेर अतिवादी वेबसाइटका कुरालाई बाहिर ल्याउन आग्रह समेत गरेका थिए ।