October 19, 2017

लण्डन हमलाकारीको पहिचान

काठमाण्डौ ११,चैत्र लण्डन मेट्रोपोलिटन प्रहरीले बुधवार ब्रिटिश संसद बाहिर हमला गर्नेको पहिचान भएको जनाएको छ ।

प्रहरीका अनुसार उनी केन्टमा जन्मिएको र वेस्ट मिडल्याण्डस्मा बसोबास गर्दै आएका ५२ वर्षिय खालिद मसुद भएको जनाएको छ ।

उनले धारिलो हतियार प्रयोग गरी संसद भवनको सुरक्षाको लागि खटिएका प्रहरी किथ पामरको हत्या गरेका थिए । त्यस लगत्तै अर्को सुरक्षाकर्मीको गोलि लागि उनको ज्यान गएको थियो ।

लण्डन मेट्रोपोलिटन प्रहरीका कार्यवाहक उपआयुक्त मार्क रावलेले उत घटनामा संलग्न भएको आशंकामा आठजनालाई पक्राउ गरिएको बताएका छन् ।