Breaking News

लण्डनब्रिज आक्रमणमा ७ काे मृत्यु, शंकास्पद १२ जना पक्राउ

काठमाण्डौ २२ जेठ । बेलायतको लण्डनमा ७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न भएको आशंका प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जवाफी कारवाहीमा मारिएका तीन आक्रमणकारीको फ्ल्याटमा बस्ने १२ जनालाइ शंकाको आधारमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा ७ महिला रहेका छन् ।

प्रधानमन्त्री थिसेरा मेले आतंकवादी आक्रमण भएको बताए लगत्तै इस्लामिक स्टेट आइएसले घटनाको जिम्मेवारी लिएको थियो । लण्डन ब्रिजमा सुरुमा पैदलयात्रुमाथि जथाभावी गाडी चलाएको र त्यसपछि अन्धाधुन्ध छुरा प्रहार भएको थियो । घटनामा ७ जनाको मृत्यु हुनुकासाथै ४८ जना घाइते भएका थिए ।

shares