August 19, 2017

रोकिएन मानव तस्करीको जालो

काठमाण्डौ, १८ चैत्र । मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेको छन ।

नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौँ रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेका छ । ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्टवाहकलाई ‘अन अराइभल’ भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन ।

‘मलाई काठमाडौंबाट दोहा कतार, लण्डन बेलायत, निकारागुवा, होण्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन । अमेरिका प्रवेश गर्नैका लागि ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा नाम परिवर्तन ले अमेरिकाबाट भाइबरमा भने, ‘यहाँ अमेरिका आइपुग्दासम्मको दुःख सम्झिँदा त किन आइएछ जस्तो लाग्छ ।

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सिकोको सीमाबाट अमेरिका छिरेका हुन । अघिल्लो साता अमेरिका पुगेका शर्माले तस्करले अमेरिका छिराइदिए बापत एक नेपालीसँग ५० देखि ६५ लाख रुपैयाँसम्म उठाउने गरेको जानकारी दिए । यसरी जाने नेपाली ल्याटिन अमेरिकी राष्ट्रमा थुप्रै रहेको उनको भनाइ छ ।

‘जति छिटो पैसा तस्करलाई बुझायो त्यति नै छिटो उनीहरुले अमेरिकातर्फ अघि बढाउँदा रहेछन । ल्याटिन अमेरिका पुगेपछि तस्करलाई पैसा तिर्न नसकेर बिचल्लीमा परेका नेपाली थुप्रै छन । शर्माले भने। निकारागुवादेखि मेक्सिकोसम्म डेढ सयजति नेपाली रहेको उनको अनुमान छ । यो खबर आजको नागरिक दैनिकमा छ ।