October 23, 2017

रेवन्तले जिते इण्डियन आइडल सिजन ९ उपाधि

काठमाण्डौ,२१ चैत्र । साउथ इण्डीयन प्लेब्याक गायक एल भि रेवन्त ले इण्डियन आइडल सिजन ९ काे उपाधि जितेका छन् ।

उनले कार सहित २५ लाख भारतीय रुपैयाँ जितेका हुन् । बेला बेलामा उनलाई हिन्दी को गलत अर्थ लगाउने गरेको आरोप लाग्ने गर्थ्याे तर यो जितले उनलाई सत्य साबित गरिदिएको छ । क्रिकेटर सचिन तेन्दूलकरद्वारा उनलाई इण्डियन आइडलको विशेष समारोहमा ट्रफि प्रदान गरिएको थियो ।

यो जितसम्म पुर्याउने साथिभाई र आफन्तलाई उनले धन्यवाद दिए । २६ बर्षिय रेवन्त हैदरावादका स्थानीयवासी हुन । उनि तेलगु चलचित्र क्षेत्रका एक स्थापित गायक मानिन्छन् । उनले बाहुबली मनोहरी जस्ता चर्चित चलचित्रमा समेत आफ्नो स्वर दिइसकेका छन् । रेवन्तले हिन्दी सिकेर बलिवुडमा आउने ठूलो धोको रहेको बताए ।