August 16, 2017

मेस्सीलाई १० हजार स्विस फ्रेंक जरिवाना सहित ४ खेलमा प्रतिबन्ध

काठमाण्डौ,१६ चैत्र । फुटबलको प्रतिष्ठित संस्था फीफाले फुटबल खेलाडी मेस्सीलाई ४ अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको छ ।

फीफाले  मेस्सीले अनुशासन संहिताको अपमान गरेको बताएको छ । उनलाई १० हजार स्विस फ्रेंक जरिवाना सुनाइएको छ । फीफाको अनुशासन समितिका अनुसार २३ मार्च २०१७  मा अर्जेटिना र चिलीकाबीच भएको २०१८ को फीफा विश्वकप अभ्यास खेलमा मेस्सीले सहायक रेफ्री सँग विवाद गरेका थिए ।

मेस्सीले बोलेभियासँगको खेल खेल्नु अघि फीफाले यस्तो घोषणा गरेको हो । यो प्रतिबन्धसँगै मेस्सीका समर्थकहरु निराश बनेका छन् । उक्त प्रतिबन्धले विश्वकपमा झट्का लाग्ने संकेत देखिएको छ ।