October 17, 2017

रेडियो दिदी – बहिनी महिला भलिबल कप सुरु

कुश्मा, २५ फाल्गुन । प्रथम रेडियो दिदि बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगीता सुरुभएको छ ।

बुधबार भएको उद्घाटन खेलमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराएको छ । लिग चरणको खेलमा एपीएफले पुलिसमाथी २५–१४,२५–१६ र २५–१७ को सहज जित हाल पारेको हो ।

त्यस्तै न्यु डायमण्ड र पश्चिमाञ्चलबीच भएको अर्को खेल स्थगित भएको छ । हावा–पानीका कारण मौसम प्रतिकुल भएपछि खेल स्थगित भएको हो । न्यु डायमण्डले २५–३ र २५–१५ ले दुई सेट आफ्नो पक्षमा पारेको थियो । तेश्रो सेटमा पनि न्युडायमण्डले १९–१४ को अग्रता लिएको थियो । बिहिबार न्यु डायमण्ड र पश्चिमाञ्चलबीचको खेल एफआइभिबिको नियम अनुसार शुरु देखि नै हुनेछ ।

सातौँ पश्चिमाञ्चल महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको प्रतियोगिताको समुह “क” मा शसस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र आयोजक रेडियो दिदी बहिनीको टिम रहेका छन् भने समुह “ख” मा नेपाल आर्मी, न्यूडायमण्ड एकेडेमी र पश्चिमाञ्चल क्षेत्रिय भलिबल रहेका छन् ।

प्रतियोगीताको विजेताले १ लाख र उपविजेताले ६० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने ३० हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाकर, सेटर, डिफेन्स, क्वीकर, ब्लकरलाई पनि पुरुस्कार राखिएको छ ।

सर्बोत्कृष्ट खेलाडीले ५ हजार रुपैया र विधागत उत्कृष्टले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिता फाल्गुन २७ गते सम्म चल्ने प्रतियोगिता संयोजक अरुण श्रेष्ठले बताए ।