August 19, 2017

रेडक्रसले गर्यो सहयोग स्थगितको घोषणा

२७ माघ, काठमाण्डौ  अफगानस्तिानमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले तत्कालका लागि काम स्थगित गरेको जनाएको छ ।

विद्रोहीको आक्रमणमा ६ कर्मचारीको मृत्यु भएपछि आईसीआरसीले मानवीय सहायताको काम केही समयका लागि स्थगित गरेका बताएको हो । आफ्ना कर्मचारीको हत्याबारेको अनुसन्धानपछि मात्र कामलाई निरन्तरता दिने आईसीआरसीले जनाएको छ ।

आईसीआरसीले हराइरहेका आफ्ना २ कर्मचारीको खोजी कार्य पनि जारी राखेको बताएको छ । आतंककारी संगठन आईएसले गरेको आक्रमणमा ती कर्मचारी मारिएको बताइए पनि सो संगठनले घटनाको जिम्मा हालसम्म लिएको छैन ।