August 18, 2017

रेडक्रसलाई कम्पोनेन्ट मेसिन हस्तान्तरण

बिर्तामोड २८ फाल्गुन ।
नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका लागि सहारा नेपाल साकोसले १७ लाख मूल्य पर्ने कम्पोनेन्ट मेसिन हस्तान्तरण गरेको छ ।
रेडक्रस झापाको ४३औं जिल्ला अधिवेशन उद्घाटन समारोहको अवसरमा शनिबार सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल र प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले रेडक्रस झापाका सभापति लोकराज ढकाललाई उक्त मेसिन हस्तान्तरण गरे ।
रगतमा रहेका तत्व वर्गीकरण गर्ने उक्त कम्पोनेन्ट मेसिनको समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद सुधिरकुमार शिवाकोटीले शनिबार नै उद्घाटन गरेका छन ।