रुस र चीनद्वारा सिरियामाथि प्रतिबन्धको प्रस्ताव अस्वीकार

काठमाण्डौ, १८ फाल्गुन ।  रुस र चीनले सिरियामाथि प्रतिबन्ध लगाउने पश्चिमी देशहरुको प्रस्ताव अस्वीकार गरेका छन ।

सिरियाले रसायनिक हतियार प्रयोग गरेको आरोप लगाउदै पश्चिमा राष्ट्रहरुले प्रतिबन्धका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्रस्ताव राखेका थिए । परिषद् रुसले भिटो प्रयोग गरी प्रस्ताव खारेज गरेको यो सातौं पटक हो ।

यसअघि चीनले पनि ६ पटक यस्तो प्रस्ताव खारेज गरेको थियो । सिरियाले सन २०१३ मा रुस र अमेरिकाबीच भएको सम्झौतामा रसायनिक हतियार नष्ट गर्ने सहमति जनाएको थियो ।