रुसमा १४ वर्षसम्मका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग गर्न प्रतिबन्ध

काठमाण्डौ, २५ चैत्र । पछिल्लो समय शक्तिशाली राष्ट्रको रुपमा चिनिएको रुसले बालबालिकाहरुका लागि छुट्टै नियमको कार्यान्वयन गर्न लागेको छ ।

रिपोर्टका अनुसार, १४ वर्षसम्मका बालबालिकाहरुले अबदेखि सामाजिक सञ्जालको प्रयोग गर्न पाउने छैनन् । सूत्रका अनुसार, पछिल्लो समय सामाजिक सञ्जालको व्यापक दुरुपयोग हुन थालेपछि रुसले यस्तो कदम चालेको बताइन्छ ।

एक रुसी सांसदले १४ वर्षसम्मका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग गर्नबाट प्रतिबन्ध लगाइयोस् भनेर बिल पेश गरेपछि यसले कार्यान्वयनको रुप लिन लागेको हो । अब पासपोर्टको जानकारी दिए पछि मात्र सामााजिक सञ्जालसँग जोडिन सकिने छ ।

यदि यो नियमको कसैले उल्लंघन गर्छ भने उसले १ लाख ८४ हजार देखि ५ लाख ५२ हजार नेपाली रुपैंयाँसम्म जरीवाना तिर्नुपर्ने हुनसक्छ ।