August 17, 2017

रुसमा मुख्य विपक्षी नेता नावाल्नी गिरफ्तार

काठमाण्डौ, १३ चैत्र । रुसका मुख्य विपक्षी नेता एलेक्सी नावाल्नीलाई भ्रष्टाचार विरोधी प्रदर्शनको दौरानमा गिरफ्तार गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, नावाल्नी रुसको राजधानी मस्कोमा भएको प्रदर्शनमा सहभागि थिए । प्रदर्शनकारीहरुले उनलाई पुलिसले लानबाट कोशिस गरेका थिए तर त्यो विफल भयो ।

नावाल्नी रुसमा आफ्नो भ्रष्टाचार विरोधी अभियानको लागि चिनिन्छन् । उनको निशानामा सत्तामा रहेका नेताहरु पनि छन् ।

आफ्नो गिरफ्तारपछि उनले आफ्ना साथीहरुलाई ट्विट गर्दै प्रदर्शन जारी राख्न भनेका छन् । उनले भने, ‘साथीहरु म ठीक छु, मलाई बाहिर निकाल्न केही गर्नुपर्दैन केवल हाम्रो अभियान जारी राख ।’