‘रुसमा भएको विष्फोटमा ११ को मृत्य

काठमाण्डौ,२२ चैत्र । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलमा भएको विस्फोटमा एघार जनाको ज्यान गएको त्यहाँका अधिकारीहरुले जनाएका छन ।

रुसको राष्ट्रिय आतंकवाद विरोधी कमिटलिे सेनाया प्लोस्चाद र इन्स्टिच्युट अफ टेक्नोलोजी स्टेशनको बीचमा एउटा रेलमा सो विष्फोट भएको जनाएको छ । कमिटिले नजीकैको अर्को रेलवे स्टेशनमा पनि एउटा विष्फोटक पदार्थ भेटिएको तर त्यसलाई निष्कृय तुल्याइएको छ ।

सामाजिक सन्जालमा प्रकाशित तस्वीरहरुमा सेनाया स्टेशनमा रेलको ढोका भत्किएको र नजीकै घाइतेहरु रहेको देखाइएको छ । साथै सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ ।