August 19, 2017

रुसको पिटर्सबर्गको रेल स्टेशनमा धमाका, कम्तिमा १० जना मरेको आशंका

काठमाण्डौ, २१ चैत्र । रुसको सेन्ट पिटर्सबर्गमा रहेको मेट्रो स्टेशनको एउटा रेलको डिब्बामा धमाका भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

रुसी सरकारको समर्थक एक समाचार वेवसाइटले रेलको मार्गमा एउटा मानिस लडिरहेको तस्बिर र क्षतिग्रस्त दुश्य देखाएको छ ।

यो घटनाको बारेमा जानकारी आउने क्रम जारी छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, यो घटनामा परेर कम्तिमा १० जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा २० जना घाइते भएका छन् ।

रुसी मिडियाका अनुसार, मेट्रो स्टेशनलाई पूर्णरुपमा खाली गराइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले सेन्ट पिटर्सबर्गमा नै रहेकाले उनलाई पनि घटनाको बारेमा जानकारी दिइएको छ ।     एजेन्सी