Breaking News

रुपन्देहीमा सात पार्टीको चुनावी माेर्चा गठन

बुटवल २१ जेठ । स्थानीय तहकाे निर्वाचनमा साझा उम्मेद्वार उठाउने गरि रुपन्देहीमा सात वटा पार्टीकाे मोर्चा गठन भएकाे छ । माेर्चाकाे नाम ‘संयुक्त लोकतान्त्रिक मोर्चा’ दिइएकाे छ ।

मोर्चामा नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, अखण्ड पार्टी नेपाल, नेकपा (माले), नेकपा संयुक्त, राष्ट्रिय जनता पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियान र केही स्वतन्त्र व्यक्तिहरु रहेका छन् ।

मोर्चाले बुटवल उपमहानगरपालिकाको निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । निर्वाचनका लागि ३१ सदस्यीय संयुक्त सचिवालय गठन गरिएको मोर्चाले जनाएको छ । जसमा वामदेव क्षेत्री संयोजक, बुद्धिमान थापा सचिव र सदस्यहरुमा कमल पोखरेल, पार्वती खड्का, भरत पराजुली, पुरन के.सी., बाबुराम पोखरेल, निर्दोष अली, गुप्तबहादुर के.सी., अशोक वर्मा, कृष्णबहादुर गुरुङ, चित्रबहादुर थापा, योगराज भण्डारी, पुनम लिगल, श्यामकली आचार्य, राजेन्द्रकुमार अग्रहरी, शेरबहादुर गौतम, ज्ञानेन्द्र थापा, पंकज राई, कमल खनाल, लेखबहादुर कार्की, अनिता अधिकारी, गंगाबहादुर लगायत रहेका छन् ।

 

shares