September 23, 2017

रुपन्देहीमा प्रहरी चौकीमा झडप, प्रहरीको हतियार लुटियो

रुपन्देही ८ फाल्गुन । सिके राउतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप हुदा आइतबार पनि रुपन्देहीको दक्षिणी मर्चवार तनावग्रस्त छ ।

सिके राउतका कार्यकर्ताले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो । झडपको क्रममा प्रहरीको साथमा रहेको एक थान लङ ब्यारेल गन समेत लुटिएको प्रहरीले जनाएको छ ।

शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । झडपमा ३ जना प्रहरी घाइते भएका थिए भने डेढ दर्जन प्रदर्शनकारीलाइ प्रहरीले पक्राउ गरेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।