July 21, 2017

रुपन्देहीमा डेंगुका १ सय ६१ जना विरामी

भैरहवा ३१ असार । । रुपन्देहीमा डेंगुका १ सय ६१ जना विरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
डेंगु रोग सम्बन्धमा भैरहवामा आयोजित नगरस्तरीय अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा जिल्ला जनस्वास्थय कार्यलयका भेक्टर नियन्त्रण निरीक्षक केदारनाथ शाहले सो तथ्यांक सार्वजनिक गरेका हुन् ।
सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले सहित निर्वाचित जनप्रतिनिधी र सरोकारवाला सहभागी उक्त कार्यक्रममा डेंगु रोग , त्यसको लक्षण र रोकथामको बारेमा प्रकाश पारिएको थियो ।
गत वर्ष ७ जनामा देखिएको यो रोग यस वर्ष धेरै मान्छेमा देखिनुमा भारतमा फैलिएको महामारी पनि एक कारण भएको बताइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *