August 17, 2017

रुपन्देहि–११ भ्याली कपको क्वाटरफाइनलमा

इलाम, १८ चैत्र । रुपन्देही–११ इलाममा जारी तेस्रो माई भ्याली कपको क्वार्टफाइनलमा प्रवेश गरेको छ ।

भारत कोलकाताको दुर्गापुर स्टिललाई पेनाल्टी सुटआउटमा चार दुई गोल अन्तरले हराउँदै रूपन्देही–११ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुर्गापुरले खेलको २३ औं मिनेटमा बाबुलाल मण्डलको गोलमार्फत अग्रता लिएको थियो ।

पहिलो हाफमा थपिएको समयमा रूपन्देहीका खेलाडी विजय धिमालले खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

दुई भारतीय टिम तीन नेपाली विभागीय टोली सहित १० टिमको सहभागिता रहेको खेलको विजेताले चार लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख रुपैया“ प्राप्त गर्नेछ ।