Breaking News

रुकुम, मुगु र मनाङमा हिमपात, जनजीवन कष्टकर

काठमाण्डौ १ फाल्गुन । लगातारको बर्षापछि रुकुम, मुगु र मनाङमा हिमपात हुदा त्यहाँकाे जनजीवन प्रभावित भएकाे छ  ।
रुकुम पश्चिम र पूर्वका सबै ठाउ“मा पानी परेको छ भने रुकुम पश्चिमका केही ठाउँ र रुकुम पूर्वका सबै गाउ“पालिकामा भारी हिमपात भएको छ ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट, स्यालाखदी, घेत्मा, गोतामकोट, झारमारे लगायतका वडामा पानीसँगै भारी हिमपात भएको छ । त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङमा भारी हिमपात भएको छ ।

भूमे गाउँपालिका र पुथाउत्तरगंगा गाउ“पालिकामा पनि हिउँ परेको छ । त्यस्तै भुमे गाउ“पालिकाको महत गुनाम, काँक्री, काँडा, लावाङ, लुकुम लगायतका ठाउँमा पनि पानीसंगै हिमपात भएको छ ।

हिमपात भएसंगै यहाँको तापक्रम माइनसमा झरेको र जनजीवन कष्टकर बनेको छ । यस्तै, हिमाली जिल्ला मनाङमा पनि भारी हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर हुनुका साथै सवारी आवागमन ठप्प बनेको छ ।

चामे गाउँपालिकाको तिमाङ, दानाक्यु, चामे, माथिल्लो क्षेत्रको मनाङ, पिसाङ, हुम्डे, थोराङला, घ्यारु, ङावल, हुम्डे, तिलिचो क्षेत्र साथै नारफू क्षेत्रलगायतमा हिमपात भएको छ । अन्नपूर्ण पदमार्गका पर्यटक बीचबाटो मै रोकिएका छन् ।

हिमपातका कारण चामेबाट तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा सवारी गुड्न सकेका छैनन् । यस्तै, मुगुमा पनि भारी हिमपात भएको छ । जिल्लाका उच्च हिमाली क्षेत्र मुगु कार्मारोङ गाउँपालिकाका लगायत बिभिन्न स्थानमा बाक्लो हिउँ जमेको छ ।

shares