October 19, 2017

रिपोर्टस क्लबद्वारा हिमालयकर्मी भण्डारी सम्मानित

काठमाण्डौ,२७ चैत्र । रिपोर्टस क्लब नेपालले  स्थापनाकाे १९ अाै बार्षिकाेत्सवका अवसरमा  हिमालय टेलिभिजनका कार्यक्रम संयोजक राजु भण्डारीलाई सम्मान गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले खादा र प्रमाणपत्र सहित हिमालयकर्मी भण्डारीलाई सम्मान गरे । रिर्पोटस क्लबको १९ औं बार्षिक उत्सवको शुभअवसरमा अवसरमा सञ्चार क्षेत्रमा उललेख्य योगदान पुर्याउने अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । सूचना र सञ्चार क्षेत्रमार्फत जनतालाई सूसूचित गरेको र निष्पक्ष पत्रकारिता गरेको भन्दै सञ्चारकर्मीहरुलाई सम्मान गरिएको हो ।