October 24, 2017

रिजेन्ट इन्टरनेशनल स्कुलको आयोजनामा चित्रकला प्रदर्शनी

ललितपुर, २९ चैत्र । रिजेन्ट इन्टरनेशनल स्कुलको आयोजनमा “बाल–बालिकाको कलाको विकास, देशको विकास” भन्ने नाराका साथ ललितपुरस्थित पाटन संग्रहालयमा चित्रकला प्रदर्शनी सुरु भएको छ ।

रिजेन्ट इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले बनाएका चित्रहरुको प्रदर्शनीको उद्घाटन नेपालहस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले गरेका हुन् । प्रदर्शनीमा राखिएका चित्रहरुले बालबालिकाको क्षमता अभिवृद्धि र उनीहरुको अतिरिक्त क्रियाकलापको क्षमताका लागि उपयोगी हुने स्कुलका प्रधानाध्यापक नवराज सञ्जेलले बताए ।

 

कक्षा एकदेखि आठसम्मका  ४७ विद्यार्थीका ६० वटा चित्र प्रदर्शनीमा रहेका छन् । अध्ययनरत बालबालिकाहरुले बनाएका चित्रहरु प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनी तीन दिन सम्म चल्ने स्कुलका प्रधानाध्यापक नवराज सञ्जेलले जानकारी दिए ।