November 19, 2017

राैतहटमा बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

प्रविण टिबडेवाल/ रौतहट १ असोज । चिकित्सकको लापरवाहिका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शनिबार राती जिल्ला सरकारी अस्पताल गौरमा तोडफोड गरेका छन् ।

रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ४ मुडवलवा बस्ने प्रमोद महतोका तीन वर्षिया छोरा शिवम महतो घरकाे पर्खाल भत्किदा घाइते हुदा उनको  उपचार गराउन राती अस्पताल लगिएकाे थियाे । अस्पतालमा चिकित्सक नहुंदा उपचार नपाएर बच्चाको मृत्यु भएकाे भन्दै आफन्तले  अस्पताल तोडफोड गरेका छन् ।

अस्पतालमा दरबन्दी अनुसार कर्मचारी नभएको र भएका कर्मचारीहरुलाई निर्वाचनमा खटाईएका कारण यस्तो समस्या उत्पन्न भएको जिल्ला सरकारी अस्पताल गौरले जनाएको छ । निर्वाचन आयोगले निजामती कर्मचारीलाई पहिलो प्राथमिकता र स्थायी शिक्षकलाई दोश्रो प्राथमिकतामा राखेर स्थानीय तहको निर्वाचनमा खटाउने भनेपनि अस्पतालका कर्मचारीहरुलाई समेत खटाउंदा स्वास्थ्य सेवा प्रभावित बनेको छ ।