August 21, 2017

राष्ट्रिय वाणिज्य बैंकद्वारा विद्यालयलाई कम्युटर, ल्यापटप हस्तान्तरण

भोजपुर, ११ चैत्र । राष्ट्रिय वाणिज्य बैंकले भोजपुर जिल्लाको ग्रामिण क्षेत्रमा रहेका तीन विद्यालयलाई ४ कम्युट र १ थान ल्यापटप हस्तान्तरहण गरेको छ ।

सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत भोजपुर जिल्लाको ग्रामिण क्षेत्रमा रहेका विद्योदय मा.बि., सरस्वती निम्न मा.वि. र राम अमर शहिद पुस्तकालयलाई ४ थान कम्युटर र १ थान ल्यापटप विहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले शिक्षा जस्तो पवित्र क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशि ब्यक्त गरेका छन् । उनले आगामी दिनमा समाजलाई आवश्यक परेको क्षेत्रमा बैंकले सहयोग गर्दै जाने विचार ब्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका संचालकहरु ज्ञानेन्द्रराज कोइराला, बटुकनाथ ढकाल, डा.रामदेब सिंह, नायब प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद बैद्य, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केसब प्रसाद लम्साल, टेकराज जोशी लगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।