October 24, 2017

राष्ट्रिय युवा सम्मेलन काठमाण्डौमा सुरु

काठमाण्डौ, १६ चैत्र । युवा नीतिका लागि सरकारलाई दवाव र सुझाव दिन राष्ट्रिय युवा सम्मेलन २०१७ बुधबारबाट काठमाण्डौमा सुरु भएको छ ।

सम्मेलनमा सहभागि प्रतिनिधिहरुले राज्यको गैरजिम्मेवारीपन र युवालाई हेर्ने गलत दृष्टिकोणका कारण युवाहरु विदेश पलायन हुनु परेको आरोप लगाएरका छन् । उनीहरुले युवाहरुको क्षमता पहिचान गरेर राज्यले स्वदेशमै काम लगाउन सके कोहि पनि युवा विदेश पलायन हुन नपर्ने जिकिर गरेका छन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले नेपालमा नै रोजगारीको प्रशस्त आधार रहेको भन्दै यसलाई सदुपयोग गर्नुपर्ने धारणा राखेका छन् । उनले नेपालमा दक्ष युवाहरु रहेको भन्दै यसलाई स्वदेशमा नै परिचालित गर्नुपर्ने बताए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न जिल्लावाट करिब ५ सय जना युवा सहभागि रहेका छन् । युवा नीतिलगायतका विषयमा छलफल गर्दे ठोस निष्कर्ष निकाल्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।